धादिङका सिडिओ विवादमा : कुटपीट गरी ‘मुखमा लिंग घुसाउने’लाई सेटिङमा रिहा गरेको खुलाशा !

दियो पोस्ट  

दियोपोष्ट संवाददाता,


धादिङ, १० असार । धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ विवादमा आएका छन् । गम्भिर प्रकृतिको कुटपीट घटनाका अभियुक्तलाई राजनीतिक दबावको आधारमा सिडिओ तामाङले छुटाएको खुलेको छ ।


गजुरी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका चन्द्र बहादुर कोइरालाले स्थानिय नारायण भन्ने भिम बहादुर अधिकारीमाथि गम्भिर कुटपीट गरेका थिए । अधिकारीमाथि गत जेष्ठ २२ गते कोइरालाले गजुरी ६ चपरेफाँट भन्ने स्थानमा कुतपीट गरेका थिए ।

उजुरीमा उल्लेख भए अनुसार कुटपीटमा समलग्न कोइरालाले अधिकारीमाथि यौनजन्य हिंसा समेत गरेको आरोप छ । कोइरालाले अधिकारीको मुखमा लिंग घुसाइदिएको समेत पीडितका आफन्तले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।


पीडित परिवारका अनुसार घटनामा अधिकारी कोइरालासहित २ जनाको कुटाइबाट गम्भिर घाइते भएका थिए । पीडित परिवारले ईलाका प्रहरी कार्यालय गजुरीमा उनीहरुले घटना भएकै दिन जाहेरी दिए । जाहेरीपछि पक्राउ परेका कोइराला इलाका प्रहरी कार्यालय गजुरीमा ७ दिन हिरासतमा बसेका थिए ।

‘उपचारमा मात्रै ८१ हजार रुपैयाँ खर्च भएको छ । तर, सिडिओ सापले जम्मा ६ हजार धरौटीमा अभियुक्तलाइृ छाडिदिए,’ पीडितका आफन्तले दियोपोस्टसँग भने,‘हामीलाई अन्याय भयो । कुटाइ र अमानवीय हर्कत पनि हामीले व्यहोर्यौँ । अभियुक्तलाई पनि सजाय भएन । हामी पीडितसँग सल्लाह नै नगरी सिडिओ सापले छाडिदिनु भएछ ।’