
काठमाडौं, १५ असार । सरकारले अल्पसंख्यक मुश्लिम समुदायलाई सशक्तिकरण गर्ने मात्रै होइन अन्यायमा परेकालाई न्याय दिलाउन पहलहोस् भनेर मुश्लिम आयोग गठन गर्यो । तर, मुश्लिम आयोग भित्रै कार्यरत कर्मचारीमाथि भने चरम अन्याय भएको पाइएको छ ।
मन्त्रालयका सचिव शम्भु बहादुर खड्काले कर्मचारीमाथि चरम ज्यादती गर्ने गरेको पाइएको हो । कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउनका बीच पनि मुश्लिम आयोग खुला छ । आयोगमा कार्यरत कर्मचारीहरु नियमित कार्यालय समयमा हाजिर हुनुपर्ने हुन्छ । तर, सार्वजनिक यातयात समेत नचलेको समयमा कर्मचारीहरु भक्तपुर, कलंकी, बलाजु र सर्तुंगलदेखि हिँडेर जावलाखेलमा रहेको कार्यालयमा आउँछन् ।
अधिकृत, सुब्बा र कार्यालय सहयोगी तहका कर्मचारीलाई हिँडाएरै कार्यालय बोलाउने गरेको छ । तर, सचिव भने फेरी फेरी गाडी चड्छन् । त्यति मात्रै होइन नियम विपरित उपसचिवहरुले भने २÷२ वटा गाडी प्रयोग गरिरहेका छन् । तल्लो स्तरको कर्मचारी भने टाढादेखि हिँडेरै कार्यालय आउने गरेका छन् ।
तल्लो तहका कर्मचारीलाई गाडी व्यवस्थापन गर्न अध्यक्ष समिम मिया अन्सारीले निर्देशन दिएपनि सचिव खड्काले उनको आदेशको अवज्ञा गरेका छन् ।