
काठमाडौं, १५ असार । भाटभटेनी सुपरमार्केटले सर्वसाधरणको स्वास्थ्यमा गम्भिर खेलबाड गर्ने गरेको पाइएको छ । राजधानीको चक्रपथमा रहेको भाटभटेनी सुपरमार्केटमा मुसा भेटिएको एक ग्राहकले दियोपोष्टलाई जानकारी दिएका छन् ।
सोमबार विहान तरकारी किन्न चक्रपथस्थित भाटभटेनीमा प्रवेश गरेका ती ग्राहकका अनुसार तरकारी बेच्न राखिएको स्टलमा ठूलो मुसा दौडीरहेको देखिएको थियो ।
उनले मुसा तरकारीमाथि मुसा दौडिरहेको देखेपछि तस्विर समेत खिचेर दियोपोष्टलाई उपलब्ध गराएका छन् ।

‘म तरकारी किन्न त्यहाँ पुगेको थिएँ । तर, त्यहाँ त मुसा दौडिरहेको देखेपछि अन्य सामग्री मात्रै किनेर आएँ,’ ती ग्राहकले दियोपोष्टसँग भने,‘तरकारी जस्तो अत्यावश्यक वस्तुमा यसरी मुसा हिँडिरहँदा समेत सावधानी अपनाएको पाइएन ।
बालुवाटार जग्गाकाण्डका प्रमुख अभियुक्त मिन बहादुर गुरुङ मालिक रहेको भाटभटेनी सुपरमार्केट लकडाउनको अवधिमा समेत खुल्ला छ ।
अन्य सपिङ मलहरु भने कोरोना भाइरस संक्रमण हुने डरका कारण सरकारले बन्द गरेको छ । तर, मानिसहरुको चर्को भिड लाग्ने भाटभटेनी भने निर्वाद रुपमा खुलीरहेको छ ।