सम्झनामा सुशांत : न्यायको लागि पर्खिरहेका आफन्त

दियो पोस्ट  

काठमाडौं, ३१ जेठ । अभिनेता सुशांत सिंह राजपूतको पहिलो पुण्यतिथि जून १४ सोमबार परेकाे छ । गत वर्ष सुशांत वांद्रेमा रहेको उनको फ्ल्याटमा मृत अवस्थामा फेला परेका थिए।

मुम्बई पुलिसले यसलाई आत्महत्या ठहराउँदा सुशान्तका बुबा केके सिंहलगायत केही मानिसहरूले यसको पछाडि षडयन्त्र रचेको आरोप लगाए।

सुशांतको आकस्मिक मृत्युपछि धेरै व्यक्तिहरू शंकाको घेरामा परे। जसमा सुशांतका घनिष्ठ मित्रहरूदेखि लिएर उनकी प्रेमिका रिया चक्रवर्ती पनि त्यहाँ थिए।

यस विषयमा दुई राज्य बिहार र महाराष्ट्रका पुलिस मात्र नभई सरकारहरू समेत आमने सामने आएका थिए। एजेन्सी