इन्डोप्यासेफिक सैन्य रणनीतिमा फस्यो नेपाल : अमेरिकी सेनाका जनरल फ्लिनको भ्रमण शंकाष्पद

diyopost.com
दियो पोस्ट  बिहिबार, जेठ २६, २०७९ | ११:२३:३९

काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारितभएसँगै अमेरिकी सक्रियता बढ्न थालेको छ । केहीदिन अघि अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने उपमन्त्री एवं तिब्बती मामिला हेर्ने अमेरिकी विदेश संयोजक उज्रा जेयाको तीन दिने भ्रमणको चर्चा सेलाउन नपाउँदै अमेरिकी सेनाका एक उच्च अधिकारी आज नेपाल आउँदैछन् ।

अमेरिकी सेनाको इन्डोप्यासेफिक कमाण्डिङ जनरल चाल्स ए फ्लिन आजै नेपाल आउन लागेका हुन् । चारदिने भारत भ्रमण सम्पन्न गरि उनी नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासहित उच्च भेटघाट गर्ने जनाइएको छ । स्रोतका अनुसार उनले नेपालमा केही विवादास्पद भेट समेत गर्ने जनाइएको छ । एक चिन नीति प्रतिवद्धता जनाएको नेपालमै रहेका केही स्वतन्त्र तिब्बतका अभियान्तालाई समेत उनले भेटघाट गर्ने स्रोतले जनाएको छ । उनी नेपाल आउनु अघि नै भारतीय दूतावासकी डिसिएम नाम्ग्याल खम्पासहितको समुह मुस्ताङ पुगेको खबर छ । यतिबेला चीन विरोधी गतिविधिमा समलग्नहरु मुस्ताङमा केन्द्रीत भएका छन् ।

नेपालको संसदले एमसीसी पारित गरेपछि अमेरिकी सेनाको तर्फबाट हुन लागेको यो भ्रमणले एमसीसी परियोजना इन्डोप्यासेफिक रणनीति अन्तर्गत नै भएको समेत पुष्टि भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जानुअघि नै सेनाका उच्च अधिकारीको नेपाल भ्रमणले भूराजनीतिमा गम्भिर असर गर्ने विश्लेषण हुन थालेको छ ।

नेपालमा अमेरिकी गतिविधिलाई आफ्नो सुरक्षा मामलासँग हेरेर मुल्यांकन आएको छिमेकी मुलुक चीनले समेत अमेरिकी उच्च अधिकारीको गतिविधिलाई गम्भिर रुपमा लिएको छ । ईन्डोप्यासिफिक रणनीतिलाई चीनले आफूलाई घेर्ने रणनीतिको रुपमा व्याख्या गर्दै आएको छ ।

प्रधानमन्त्री पत्निको शंकाष्पद भारत भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नि आरजु देउवा राणा यतिबेला भारत भ्रमणमा छिन् । उनको भारत भ्रमण रहस्यमयी रहेको पाइएको छ ।

स्रोतका अनुसार उनले भारतमै रहेका जर्नेल चाल्स ए फ्लिनसँग पहिलै भेटघाट गरेकी छिन् । भारतको नयाँदिल्लीस्थित होटल ताज महलमा बसेका जनरल फ्लिनसँग उनले गोप्य भेटघाट गरेको सुत्रको दाबी छ । उक्त होटलसँगै रहेको बसेरा होटलमा बसेकी राणाको भ्रमण शंकाष्पद रहेको स्रोत बताउँछ ।

 

सम्बन्धित खबर