विद्युत तारमा झुण्डिने माइला विक भन्छन्,‘श्रीमतीले धोका, हन्नर र ठक्कर दिएपछि म यो ठाउँमा पुगेँ !

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ २९, २०७९ | १५:३९:१०

काठमाडौं । नुवाकोटको त्रिशुली थ्रि एको प्रशारण लाइनमा झुण्डिएर चर्चामा आएका माइला विकले आफूलाई श्रीमतीले धोका दिएपछि यो हालतमा पुगेको बताएका छन् ।

एक युट्युव च्यानललाई अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् । ‘मेरो श्रीमती काठमाडौंमै छ । बौद्धमा मेरी श्रीमति छिन् । पहेँली भन्ने मेरी श्रीमति हो । तीन वटा बच्चा छ । छेरा मेरो हो । छोरी मेरो होइन । उसले नै धोका, मायाँ मोह र हन्नर ठक्कर दिएको कारणले म यो ठाउँमा आइपुगेँ । मसँग सम्पर्क विहिन छ,’ मायाँ लाग्छ त परिवारको भन्ने प्रश्नमा उनले भनेका छन्,‘मायाँ लाग्दैन त आफ्नो परिवारको । जति मायाँ गाढा भो त्यति रुन मन लाग्ने । संसार यस्तै हो (रुँदै) । मैले अर्कैको श्रीमती चोरेर ल्याएको हुँ । मेरो भाग्यमा ‘ब्या’ गर्ने रहेनछ । जुन चिजले मलाई जन्मायो त्यो चिज म युज गर्न चाहँदिनँ । तर ल्याएको दिनदेखि उसबाट मैले धोका मात्रै पाएँ । तर, काठमाडौं भ्याली रहेछ ऊ के थाहा मलाई ? उसको घर व्यावहार मैले देखेको छैन । मात्रै उ पैसा लिन आउँछे । मान्छे लिएर जान्छे । तीन बोरा चामल सकिँदा सम्म उसको बच्चालाई खुवाएँ ।’

आफू सबैभन्दा माथी पुगेपछि मर्न सकिन्छकी भनेर आफू गएको उनले बताए । आफूले लठ्ठा भन्दा माथि भगवान देखेको र भगवानले नै आफूलाई बचाएको उनले दाबी गरेका छन् ।

शनिबार करिब ८ घण्टासम्म उनले त्रिशुली थ्रि एको विद्युत अवरुद्ध पारिदिएका थिए । नेपाली सेनाको टोलीले उनलाई उद्दार गरेको थियो ।

 

 

 

सम्बन्धित खबर