ईच्छाराजलाई छुटाउन २ करोडको डिल गर्ने वकिल ओलीका कार्यकर्ता, चोलेन्द्रको एजेन्ट ! (अडियो)

दियो पोस्ट  

काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेरको नाम लिएर काठमाडौं जिल्ला अदालतमा घुस वार्ता भएको पाइएको छ । जबराको नाम लिँदै नेपाल बार एशोशियशनका निवर्तमान कोषाध्यक्ष रुद्र प्रसाद पोखरेल र जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाबीच घुस वार्ता भएको हो ।

सर्वसाधरणको ७ अर्बभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीद्वारा पक्राउ परेका तामाङ र उनका मामा ससुरा केशवलाल श्रेष्ठलाई मुद्दा चलाएको थियो । तामाङ र श्रेष्ठलाई धरौटीमा छाड्ने विषयमा निलम्बित प्रधान्यायधीश जबरालाई समेत सेटिङ मिलाएको मा सुन्न सकिन्छ । उक्त अडियो न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको हो ।

को हुन् पोखरेल 

यसअघि वार एशोशिएशनको कोषाध्यक्ष रहेका पोखरेल निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा आन्दोलनमा उत्रिएका थिए । नेपाल बार एशोशिएशनले जबरालाई महाअभियोग लगाउन माग गर्दै गरेको लामो आन्दोलन विरुद्ध पोखरेल परिचालित भएका थिए । बारको आन्दोलन दबाउन उनले प्रशासन देखि ‘कोट’ वितरण गर्नेसम्मको हर्कत गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीका अति निकट रहेका पोखरेल एमाले तर्फबाटै बारको कोषाध्यक्ष बन्न सफल भएका थिए ।

 

यस्तो छ घुस वार्ता

इच्छा राज तामाङ समेतलाई जेलबाट धरौटीमा छुटाउन वकिल रुद्र प्रसाद पोख्रेल र जिल्ला न्यायाधिस राजकुमार कोइराला बिचको सेटिङ (बोली बुझे अनुसारको ड्राफ्ट)

 

न्यायाधिस – रुद्रजी ।

वकिल – प्रधानन्यायाधिशबाट १ नम्बर र तपाईं दुइटैलाई म खबर गर्न लगाइदिन्छु ।

न्यायाधिस – प्रधानन्यायाधिसलाई ?

वकिल – प्रधानन्यायाधिशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु ।

न्यायाधिस – ——–

वकिल – हजुरले गर्दै नगर्ने भये त म बेकरमा किन बचन खेर फाल्न किन जाने त भन्नु न । गर्दै गर्दिन भन्ने हो भने ——

न्यायाधिस – सुन्नुहोस न, सुन्नुहोस न । —– डराये ।

वकिल – हत्तेरिका तपाईं डराउनु पर्दैन । किन डराएको । यस्तो मौका कहिले आउछ । अनी किन ? अरु मान्छे कत्रो गरेर बसेका छन ।

न्यायाधिस – त्यो हो कि हुनलाई, तर के भनेदेखी त्यो अब ——— डराएर ———

वकिल – तपाईंले यो छोड्नु भयो भने तपाईंले तामाङको साम्राज्य पनि सकिन्छ, डिपोजिटकर्ता पनि सकिन्छन । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुनचाही माइकालालले पैसा खाएर यती गर्‍यो भन्ने खालको छ । अभियोग पत्रनै त्यस्तो बनाएर ल्याएको छ । सहकारी ऐन बमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अली अफ्ट्यारो हुन्थ्यो । किनकी त्यहा त ऐनका सबै कुराहरु थिए । के के थे । ठगी त केही गरे ठहरिदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?

न्यायाधिस – (हाँसो, ह ह ह ह) । त्यो त हो कि, हुनलाई । त्यो कुरामा म कन्भिन्स छु । तर कुरा के भनेदेखी ——- रोएर ——

वकिल – त्यस्तो क्या हजुर, त्यो मध्यका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । तलाई हामी ठीक गर्छौ भनी सके । बहसनै गर्न सक्नेलाई पनि नभन्ने भन्ने हुन्न । त्यो मध्ये राम प्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्ट रहेछ । रिसाउदै आएका थिए । त्यसको १० करोड कि १२ करोड रहेछ । तपाईं त इमान्दार राम्रो वकिल भनेको त तामाङको पक्षमा त्यस्तो बहस गर्नु भयो तपाईंले भन्दै आएका थिए । अनी मैले ——

न्यायाधिस – हिजो डिल्ली प्रसाद भट्टराई भन्ने आठराईको हो । —— । वकिललाई त्यसो भन्नु हुन्छ ? वहाँको पेसा हो, धर्म हो भने । हत त्यस्तो भन्नु हुन्न भने । त्यस्तो भन्छन ।

वकिल – भन्छन के । यस्तो के । मैले त सुरु देखिनै हजुरलाई भनेको थिए ।

न्यायाधिस – सुन्नु न त । जाहेरवालाको वकिल केशव बराल के रे ?

वकिल – होइन, रमेश बडाल ।

न्यायाधिस – को रे । रमेश बडाल बहस गर्न आउने रे ?

वकिल – बहस त गर्न पाइयोनित हजुर ।

न्यायाधिस – आज दिनभरी लागि हाल्छ । आज भोली हुन सक्तैन । त्यसले गर्दा फेरी, सुन्नुस न । बर्बाद हुन्छ नि त ।

वकिल – केही हुँदैन । केही हुन्न ।

न्यायाधिस – हँ ।

वकिल – म माथि गराउछु । माथिबाट संकेत् आएन भने नगरिस्यो हगी । माथिबाट म गराउछु । अनी लिने कुरापनी म लिन्छु । अली राम्रै ढङ्गैले लिउ । यो अबसर सधैं आउँदैन, हेरिस्यो हगी । फेरी ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भये हजुर के भन्या तैले भन्नु हुन्थ्यो । मैले चाँही । अब हजुरले त सुरु देखिनै अली अली मानसिकता बनाएको । मैले बरु ।

न्यायाधिस – प्रधानन्यायाधिसले भन्छन त ? प्रधानन्यायाधिसले उनलाई ?

वकिल – भन्छन । म भनाउछु । लु मैले अब भन्न लगाये । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।

न्यायाधिस – ल हेर्नु न । (खितितिती हाँसो) ।

वकिल – ल हेरौन होइन । मैले त्यती गरीसकेपछी हजुरले फेरी नाइ भने ?

न्यायाधिस – आज हुँदैन । भोली हुन्छ भने पछी, आज मुद्दा रोकिने कुरा छैन । हैन —–

वकिल – सामान पनि ल्याओ भन्नु पर्‍यो । उ गर्नु पर्‍यो । त्यत्तिकै फोगटिया त किन गर्ने फेरी । समयनै छैन नि त । हैन किन उ गरिस्या भन्या । सबै कुरा गरिसकेपछी यस्तो बेलामा उ गर्नु हुन्न, सबै कुरा म गरिहाल्छु । बाहिर, माथि पनि म भनाउछु । सामान पनि म लिन्छु । त्यो भन्दा बहिर अन्त कही एस्पोज हुँदैन । केही हुँदैन, डाइरेक्ट डिल गर्छु मैले । यिनिहरुका सबै च्यानल हावा खाए । खासैमा दरो सँग यिनिहरु जान सकेनन ।

न्यायाधिस – धरौटी माग्छन नि, कती माग्ने ? कती भन्नु त ?

वकिल – एउटा रिजनेबल भन्ने नि ।

न्यायाधिस – कती माग्ने त ?

वकिल – १० करोडको हाराहरिमा माग्नु नि ।

न्यायाधिस – कती, १० करोड ? हा हा हा हा । ठीक छ, हुन्छ । अब अफ्ट्यारो पर्‍यो भने हजुर ? ——

वकिल – पर्दैन, पर्दैन । सधैं यस्तो आउदैन । अरु बेला गर्ने, यस्तो बेलामा एक दुई वटा सिद्धान्त छाट्ने, गर्ने । जाहेरकर्ताको हित भन्ने । पासपोर्ट रोक्ने । कुन्नी के के गर्ने । एक दुई वटा, एक दुइवटा आइडिया निकालौला नि हजुर ।

न्यायाधिस – अँ । —– (हाँसो)

वकिल – त्यो गरौ । यता तिर झ्याप्र्याक्कै २ जती लिउ न ।

न्यायाधिस – अँ । —– (हाँसो)

वकिल – माथिबाट हुन्छ । तपाईं, ए राम प्रसाद सर । अहिले गएर मैले गएर नमस्ते गरेर मैले मेरो यती काम तैले गर्नु पर्छ भन्दा गरेन भने त यो जती खुद्रगत को हुन्छ त ? पैसा खाएर चाँही लाल काजीको बारेमा उहिलेदेखी यात्रो गरिरहेको छ, हैन त ?

न्यायाधिस – उनिहरुले गर्ने ?

वकिल – उनिहरुले त गर्ने नि ।

न्यायाधिस – ए अँ ।

वकिल – होइन, अब मैले यो यो कारणले तैले गर्नु पर्छ भन्दा किन नगर्ने ? फेरी गर्न नहुने चिज भये हुने । यो त उही लिगल्ली तपाईं कन्भिन्स भएको, खाली मिडियाले के गर्लाकी, कस्ले के गर्लाकी भनेर न हो ।

न्यायाधिस – मिडियाले फेरी नारा जुलुस गर्लान कि ?

वकिल – केही गर्दैनन । त्यो केही गर्दैनन । नारा जुलुस केही गर्दैनन । माथि जान्छ । माथिबाट उ पनि भएर आउछ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाईं किन आतिएको ? हो त ?

न्यायाधिस – त्यही त ।

वकिल – पहिला पास हुँदैन होला कि भन्ने थियो । मुद्दा सबै हेरी सकेपछी यो त तपाईंले सक्नु भएन भने माथिकाले सक्छन । बेकारमा अर्काका छोराछोरी उ गरेको किन गर्नुहुन्छ ? तपाईं आफ्नै गरुन ।

न्यायाधिस – त्यो त होकी । ठिकैछ । माथिबाट भन्नु न ।

वकिल – ठीक छ, म भन्न लगाउछु । माथिबाट भन्न लगाउछु । पैसा म बेलुका समाती सक्छु ।

न्यायाधिस – ठिकैछ । बुझेँ त । १० करोड भन्दा धरोउटी ५० करोड माग्नु पर्छ कि ?

वकिल – ५० करोड भन्दा त यसै यसै थुने भइगयोनी त्यसलाई । हा हा हा हा ।

न्यायाधिस – १० करोड भनेको १० करोडै हुन्छ त भन्या ?

वकिल – १० करोड भन्या सानो पैसा होइन ।

न्यायाधिस – सुन्नु न, पत्रीकामा आउछ कि ? डर लाग्छ । जागिर जान्छकी भन्ने डर लाग्छ ।

वकिल – कसरी खान्छ जागिर ? उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम हो । अनी कसरी जागिर खान्छ ?

न्यायाधिस – सदर भएन भने ? बदर भयो भने ? पत्रीकामा आयो भने ?

वकिल – कस्तो कुरा गरिस्या होला ? पत्रीकामा आएकै आधारमा गर्ने हो भने त हजुर जस्तो न्यायाधिस भएको के काम ? यो पत्रीकामा आउने, यो उ गर्ने हो भने त त्यसै तारिखमा छोड्नु पर्ने मान्छे छ । इस्स्युका आधारमा त तारिखमै छोड्नु पर्ने ।

न्यायाधिस – हा हा हा हा । ———–

वकिल – हैन, हैन । हजुरले साह्रै खुट्टा कमाउने, टेक्तै टेक्तिन भन्ने हो भने त नगरौ कुरा । हैन माथिबाट कुरा आउदा पनि —–

न्यायाधिस – भोली पत्रीकामा आएर छ्याल्ल ब्याल्ल भएर के भयो भनेदेखी ? ——-

वकिल – एउटा त्यसोभये किन बेकारमा गोला तान्ने त ? त्यो अर्काकोमै परेको भये हुन्थ्यो ।

न्यायाधिस – तान्दा खेरी परेको क्या । हा हा हा हा ।

वकिल – यत्रो यो एक डेढ महिनाको टेन्सन । बेकारको झर्को किन उ गरीराख्या त ? अब ठाउँ नभएको भये एउटा कुरा हुन्थ्यो क्या ?

न्यायाधिस – बुढी मान्छेको त, उ गर्दा त, मान्छेको त ———-

वकिल – उनिहरुको पक्षमा पनि दुई चार वटा कुरा लेखौलानी हजुर । बिदेश जान नपाउने, पासपोर्ट उ गर्ने, उसमा बस्नु पर्ने भन्ने । के के हुन्छ । मलाई पनि सबै के थाहा हुन्छ र ? हजुरलाई सबै आइडिया छ नि ।

न्यायाधिस – मैले सल्लाह गर्छु नि त । हाम्रो गुरुज्यु सँग सोध्छु नि त ।

वकिल – अब के गरु त ? प्रधानन्यायाधिस कहाँ टाइम लिउँ ?

न्यायाधिस – अहिले ? भन्न त भन्छ ?

वकिल – सत प्रतिसत भन्छ ।

न्यायाधिस – हो ?

वकिल – १ नम्बरलाई बोलाएर भनिदिन्छ ल ।

न्यायाधिस – कसलाई ? १ नम्बरलाई बोलाएर, त्यही भन्या होइन त हजुरले ।

वकिल – राजुलाई बोलाएर, भन्न लगाएर, राजुले तपाईंलाई भन्छ ।

न्यायाधिस – ल भन्नु न त । जे गरौला गरौला ।

 

सम्बन्धित खबर