कामाडौं । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले स्कुलमा गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा एसइइ दिएर बसेका विद्याथीहरु खुसी भएका छन् ।
एसइइ दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै गरेको यस कार्यक्रममा विद्यार्थीहरु विशेष गरेर कन्सर्टमा रमाएका हुन् । एसईईपछिको दिशानिर्देश दिनुका साथै मनोरञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको हो ।
काठमाडौ वल्र्ड स्कुलकी मार्कटिंग एण्ड एडमिसन प्रमुख आरती आचार्यले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभागी भएको बताइन् ।
उनका अनुसार करिब एक हजार विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् । एसइइ दिएर बसेका विद्यार्थीलाई प्रवेश पत्रको आधारमा निःशुल्क प्रवेश गराइएको थियो ।
कार्यक्रममा सहभागी हुन काठमाडौ, ललितपुर र भक्तपुरबाट आउन चाहने एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क बसको व्यवस्था स्कुलले गरेको थियो ।
साथै कार्यक्रममा सहभागी विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी हुन भक्तपुरको जितपुरबाट आएकी सन्ध्या घोरसाइनीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् ।
भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यामिक विद्यालयबाट एइइ दिएर बसेका उनी स्कुलमा अध्ययनको लागि बुझन कार्यक्रममा सहभागी भएको बताउँंछिन् ।
कार्यक्रममा सहभागी हुन तराईको महोतरीबाट आएका बताउने रोशनकुमार महराले गाउँंमै एसइइ दिएको र अव यो स्कुलमा पढन चाहेको बताए । यसैका लागि आफू कार्यक्रममा सहभागी हुन आएको उनले बताए ।
आफूले मनोरञ्जनमा भन्दा पनि कलेजको पढाईकोबारेमा बुझेको उनले सुनाए । आफूले यहाँं विज्ञान संकाय लिएर पढन चाहेको उनले जनाए । स्कुलमा विज्ञान, व्यवस्थापन र ए लेभलको कक्षाहरु सञ्चालन हुन्छन् ।