गायिका दिलमाया सुनारकाे मृत्यु शंकाष्पद : खाटमा पल्टिएको अवस्थामा शव, तर भेटिएन मोबाइल !

दियो पोस्ट  

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु रहस्यमी बनेको छ । सुर्खेत घर भई काठमाडौंको नेपालटार बस्दै आएकी सुनार आफ्नै डेरामा मृत भेटिएकी हुन् । महानगरिय प्रहरी बृत बालाजुका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गौतम मिश्रका अनुसार सुनार खाटमा पल्टिरहेको अवस्थामा मृत फेला परेकी थिइन् ।

‘मोबाइल साथमा भेटिएको छैन । हामी पुग्दा उहाँ (दिलमाया सुनार) खाटमा उत्तानो परेको अवस्थामा भेटिनु भएको थियो ।’ मिश्रले भने, ‘अनुसन्धान जारी छ । उपत्यका अपराध अनुुसन्धान महासाखाले पनि यो घटनामा थप अनुसन्धान थालेको छ ।’

शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

उनीको घाँटिमा निल डाम भएको साथै डेरामा रक्सि खाएको गिलास भेटिएका छन् । ढोका खुल्ला भएको अवस्थामा मृत भेटिएकी उनलाई श्रीमानले यातना दिने गरेको यसअघि नै बताएकी थिइन् ।

प्रहरी उपरिक्षक मिश्रका अनुसार हालसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन । तर, घटना भने शंकाष्पद छ ।