गायिका दिलमाया मृत्यु प्रकरणको अनुसन्धान उपत्यका अपराध अनुसन्धान महासखाले गर्ने !

दियो पोस्ट  

काठमाडौं । आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनार प्रकरणबारे उपत्यका अपराध अनुसन्धान महासाखाले गर्न थालेको छ । जघन्य अपराधको घटना अनुसन्धान गर्ने यो महासाखाले अनुसन्धान थालेको महानगरीय प्रहरी बृत्त बालाजुका डिएसपी गौतम मिश्रले बताए । ‘यो घटना शंकाष्पद देखिएको छ । हामी र अपराध महासाखाको टोलीले अनुसन्धान थालेका छौँ,’ उनले भने ।

शनिबार विहान ११ बजे दिलमाया मृत भेटिएकी थिइन् । काठमाडौंको बानियाटारमा बस्दै आएकी उनको मृत्युमा विभिन्न आशंका गरिएको छ । सामाजिक संजालमा आफ्नो आत्महत्या घोषणा गरेकी उनको मोबाइल भने उनको साथबाट भेटिएको छैन ‘मदिराका बोतल छरिएको अवस्थामा भेटियो । उहाँ मृत भेटिएको कोठामा ढोका पनि लगाइएको थिएन,’ महानगरिय प्रहरी बृत बालाजुका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गौतम मिश्र,‘यो घटना शंकाष्पद छ । अनुसन्धान भइरहेको छ । अपराध महासाखाले पनि हेरिरहेको छ ।’

शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

उनीको घाँटिमा निल डाम भएको साथै डेरामा रक्सि खाएको गिलास भेटिएका छन् । ढोका खुल्ला भएको अवस्थामा मृत भेटिएकी उनलाई श्रीमानले यातना दिने गरेको यसअघि नै बताएकी थिइन् ।

सम्बन्धित खबर