पदभार ग्रहण गर्दै चौधरीले भने– योग्यताअनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिनँ

दियो पोस्ट  

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता अनुसार काम गर्ने बताएका छन् ।

आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’

छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए ।

 

सम्बन्धित खबर