माओवादीहरुको पुनर्मिलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छः प्रचण्ड

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको पुनर्मिलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव भएको दाबी गरेका छन् ।

बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताए ।

नेत्रविक्रम चन्द विप्लव  र मोहन वैद्य किरणलाई लक्षित गर्दै उनले भने,  ‘फेरि प्रचण्डकहाँ जाने भनेर लाज लाग्न सक्छ। लाज नमानौं।  यथार्थ त्यही नै हो। माओवादीहरुको पुनर्मिलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ। मेरा थुप्रै कमजोरी भएपनि यही यथार्थ हो।’

सम्बन्धित खबर

सिफारिस