निलकण्ठ ८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले कुमाल जातीलाई जातिय विभेद गरेको आरोप

दियो पोस्ट  

 

धादिङ । धादिङको निलकण्ठ नगरपालिका ८ का वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठले कुमाल वस्तीका विसिन्दालाई जातिय आधारमा गाली गलौच गरेको आरोप लागेको छ । अनुसार त्यँहा वसोवास गर्दै आएका करिब चार सय घरधुरी बस्तीका एक प्रतिनिधिलाई उनले बजेट माग गर्दा जातिय गालीगलौच गरेको आरोप छ ।

ती प्रतिनिधिले आफ्नो वस्तीमा अपरिहार्य रहेका कार्यहरु वडा मातहत गर्नुपर्ने योजना अघि सारेका थिए । उक्त वडामा बिनियोजित १ करोड ८ लाख रुपैयाँबारे स्थानियलाई कुनै खोजखबर समेत नगरेको उनीहरुको आरोप छ । ‘खबर नगरी बजेट सिलिङ गर्ने क्रममा नगरपालिकाबाट थाहा पायौँ,’ एक स्थानियको भनाई छ,‘आफुले भोट दिएर जिताएको जनप्रतिनिधिले, आफ्नै मतदाताहरुले अघि सारेका योजना हरुमा कुनै चासो समेत देखाएनन् । उल्तै जातिय रुपमा विभेद गरेका छन् ।

वडाध्यक्ष तथा प्रतिनिधिलाई शनिवार बैठकका लागी बोलाउदा, विभिन्न कारण देखाउदै श्रेष्ठ अनुपस्थिती भएको स्रोतको ती प्रतिनिधिको भनाई छ । उनीहरुले चार घण्टासम्म पर्खदा पनि वडाध्क्ष्य नआएपछि बैठक रद्द उनीहरुको आरोप छ ।
विगतका वर्षमा सामुदायिक विकास तथा अन्य लोककल्याणकारी कार्यहरु गर्दा व्यक्तिगत खर्च भएको र यस पटक उक्त कार्यहरु वडाको योजना सहित अघि बढ्दा सजिलो हुने स्थानियको सुझाव थियो तर श्रेष्ठले तिमीहरुको हैसियत के छ ? तिमीहरुलाई के गर्न बाकी छ ? जस्ता अमर्यादित शैलीले गालीगलौच गरेको ती प्रतिनिधिको गुनासो छ ।

वडाध्क्ष्य प्रकास कुमार श्रेष्ठले बजेटलाइ नौँ वटा क्लस्टरमा बाँढेर सबै वडाको माग सम्बोधन भएको दाबी गरे । कुमाल बस्तीले कुमाल सङ्ग्रालय निमार्ण तथा आधिखोला खानेपानिको योजना अघि सारेको उनले बताए । कुमाल संग्रालयको निमार्णबारे नगरपालिकाको निती तथा कार्यक्रममै समावेश गरिएको र यसको बजेट पनि नगरपालिकाले विनियोजन गर्ने बारे उनले जानकारी दिए । त्यसैगरी तँपाईले जातिय आधारमा कुमाल वस्तीमाथी पहिचान तथा अपमानजनक शब्दावलीको प्रयाग किन गर्नुभएको? भन्ने प्रश्नमा उनले यो असत्य हल्ला मात्र भएको उत्तर दिए । आँधीखोला खानेपानीमा विगतका वर्षदेखि नै वडाले खर्च गर्दै आएको उनले बताए ।

 

सम्बन्धित खबर