भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता

दियो पोस्ट  

काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

आज मध्याह्न भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता गरेका हुन् । भेटमा भारतीय विदेश सचिव मन्त्री एस जयशंकर पनि सहभागी थिए ।

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटेर प्रचण्ड स्वदेश फर्किने तयारीमा छन् ।