विकास राणाको संगीतमय समारोह भव्यताका साथ सम्पन्न !

दियो पोस्ट  

काठमाडौं । विकास राणाको गीत यात्रा भव्यताका साथ सम्पन्न भएको छ । गत बुधबार काठमाडौंको याक एण्ड यती होटेलमा व्यवसायी विकास जंगबहादुर राणाको संगीतमय समारोह सम्पन्न भएको हो । उक्त कार्यक्रममा कलाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सो अवसरमा राणाले प्रत्यक्ष ६ वटा गीत गाउनुका साथै समाजका वरिष्ठ व्यक्तित्वहरू गौरव शमशेर ज.ब.रा, उपेन्द्र महतो, शंकर कोइराला, शम्भूजीत बास्कोटा, डा. भगवान कोइराला, जीवा लामिछाने आदिद्वारा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त साङ्गीतिक समारोहमा श्रीमती शुष्मा राणाबाट गायक विकास राणाको युट्युब च्यानल “Bikash Rana Official” को उद्घाटन गरिएको थियो ।

च्यानलमा राणाद्वारा गाइएका गीत संगीत हेर्न र सुन्न पाइने छ । नेपालको सफल व्यवसायी विकास राणाले आगामी दिनमा आफूलाई गीत सङ्गीत क्षेत्रमा समर्पण गर्ने सोचसमेत राखेका छन् ।