अभिनेत्री मिरुनाविरुद्ध बौद्ध भिक्षु फुर्वाले अदालतमा दायर गरे कुटपिटको मुद्दा

दियो पोस्ट  

काठमाडौं । आफूमाथि कुटपिट र गाली बेइज्जती भएको भन्दै बौद्व भिक्षु फुर्वा साङ्मो तामाङले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका छन्।

तामाङले अभिनेत्री मिरुना मगर र फिल्मका प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेका हुन्।

बुधबार उनीहरुविरुद्ध तामाङले गाली बेइज्जती र कुटपिटको मुद्दा दर्ता गराएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। फिल्म हेर्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले भिक्षु तामाङलाई केही समय अघि झापड हानेकी थिइन्। त्यसपछि उनीहरुले मिलापत्रसमेत गरेका थिए। तर यो केश अब अदालतमा पुगेको छ।

दर्ता गरिएको मुद्दामा मिरुनालाई पटक–पटक माफी माग्न पहल गर्दा पनि उनले बेवास्ता गरेको उल्लेख गरिएको छ।