तेलाङ्गानास्थित औषधि उद्योगमा विस्फोट, ३६ जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तेलङ्गानास्थित संगारेड्डी जिल्लामा रहेको औषधि कारखानामा विस्फोट हुँदा ३६ जनको मृत्यु भएको छ । सोमबार भएको बिस्फोटमा ३५ जना घाइते हुनुका साथै २४ जना वेपत्ता भएका छन् ।

विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ । तेलाङ्गाना प्रशासनका अनुसार बेपत्ताको खोजी भइरहेको छ । ५७ जनालाई भने सुरक्षित निकालिएको छ ।

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।

सिफारिस