ट्रम्पका सल्लाहकार ‘मस्क’द्वारा नयाँ पार्टी खोल्ने घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएसंगै मक्सले ‘अमेरिका पार्टी’ स्थापना गर्ने घोषणा गरेका हुन् ।

सोसल मिडिया प्लेटफर्म एक्समार्फत् जानकारी दिँदै मस्कले पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे स्पष्ट भइसकेको बताएका छन् । अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ ।

सन् २०२४ को निर्वाचनको बेला मस्कले ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो ।

 

सिफारिस