पर्सा प्रहरी प्रमुख एसपी पाठकको सरुवा, पवन भट्टराई नयाँ प्रमुख

दियोपोस्ट संवाददाता

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठक सरुवा भएका छन् । उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा जिम्मेवारी दिइएको छ ।

उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन भट्टराईलाई पर्सा प्रहरी प्रमुखका रूपमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्ला दिनमा वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि उक्त विषयलाई लिएर चिकित्सकहरू तथा तत्कालीन पर्सा प्रहरी प्रमुख एसपी पाठकबिच मतभेद देखिएको थियो ।

यही घटनापछि देशभरका चिकित्सकहरूले दोषीमाथि कारबाहीको माग गर्दै आकस्मिक सेवाबाहेक ओपिडी सेवा बन्द गरी आन्दोलन गरिरहेका छन् ।