
काठमाडौं, १६ असार । विराटनगरका कथित डन भनेर चिनिएका गुन्डा नाइके किरण लामा पक्राउ परेका छन् । सवारी ज्यानमुद्दामा फरार लामालाई मोरङ प्रहरीले पक्राउ गरेको हो। पुष्पलाल चोकमा लुकिछिपी बसिरहेका लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
यसअघि सवारी ज्यान मुद्दामा आफ्नै बाउन्सरलाई नक्कली अभियुक्त बनाएर प्रहरी कार्यालय पठाएपछि उनीहरु समेत प्रहरीको फन्दामा परेका थिए ।
नेकपाका नेता तथा गुण्डा नाइके पर्शुराम बस्नेतको समुहमा रहेर आपराधीक गतिविधि गर्दै आएका लामा शनिबार राति विराटनगर–४ बरगाछीमा मोटरसाइकललाई ठक्कर दिँदा शंकरकुमार मिश्रको मृत्यु भएको थियो। लामा सवार बा२०च ७४० नम्बरको गाडीले को ३ प ५६३४ ठक्कर दिँदा मिश्रको घटनास्थलमै मृत्यु भएपछि उनी फरार रहेका थिए ।
एयरपोर्ट मोडको एक होटलमा मदिरा सेवन गरेर गाडी चलाई आएका लामाले ठक्कर दिएर भागेका लामालाई प्रहरीले सर्वाधिक खोजी गरिरहेको थियो ।
डान्स बार हुँदै होटल सञ्चालन गरिरहेका उनी ‘मिटर ब्याज’ लगानीमा सक्रिय लामा गुण्डागर्दी पृष्ठभूमिका हुन् ।