काठमाडौं, १६ असार । असार १५ अर्थात धान दिवस दिन एउटा तस्विर निकै भाइरल बन्यो ।
धानको विउले शरीरको गुप्ताङ्ग छोपीएको एक मोडलको तस्विर समाजिक सञ्जालमा छताछुल्ल छ ।
‘भाइरल’ बनेकी ती युवती मोडल रितिका जिरेल हुन् । उनले सयौँ म्युजिक भिडियोमा अभिनय गरेको उनको दाबी छ । धान दिवसको दिन भने उनले विरोधपूर्वक यस्तो भद्दा तस्विर खिचाएको बताएकी छिन् ।
खेतियोग्य जमिनमा प्लटिङ गरेर घडेरी बनाएको तथा खेती योग्य जमिन सकिँदै गएको विरोधमा उनले आफ्नो यस्ते तस्विर सार्वजनिक गरेको दाबी गरेकी छिन् । गायीका समेत रहेकी उनलाई यसअघि कसैले नचिनेपनि उनको तस्विरपछि भने उनको फलोअर बढेको छ ।
‘शहर मात्र हैन, गाउँमा पनि खेतीयोग्य जग्गामा प्लटिङ गरेर किनबेचसँगै कँक्रिटको घर बनाउने क्रम बढेको छ । प्लटिङ गरेर जग्गालाई बन्दी बनाई खेती गर्न छाडेपछि त्यसको बिरोध स्वरुप यो छाती र गुप्ताङ्गमा रोपाई गरेकी हुँ,’ उनको दाबी छ,‘ जग्गाको अभावले धान रोप्ने ठाउँ छैन् । धानको बिउहरु त्यत्तिकै खेर जान थालेपछि शरीरमा कपडाको रुपमा लगाएर जग्गालाई प्लटिङ गरी धान खेती मास्ने अभियानको बिरुद्ध यो फोटो सेसन गरेकी हुँ ।’
उनले आफूलाई भूमिको पुजारीको छोरीको रुपमासमेत अर्थ्याएकी छिन् । जिरेल समुदाएबाट आएको पहिलो नायीका तथा गायीका भएको समेत उनको दाबी छ ।