काठमाडौं मौसम : कलंकीमा खुल्दा चन्द्रागिरीदेखि नागढुङ्गासम्म अन्धकार र हुस्सु ! (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौं, असार १८ । काठमाडौंसहितका जिल्लामा मौसम निकै अस्थिर देखिएको छ । मौसम पुर्वानुमान विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्य बदलि भई देशका मध्य र पश्चिमी भु-भागमा मेघ गर्जन सहितको वर्षाको र देशका पुर्वी भु-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका १\२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।

राति भने देशभर सामान्य बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा मेघ(गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।





सम्बन्धित खबर