
काठमाडौं, २१ असार । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र जनार्दन शर्माबीच गोप्य भेटवार्ता भएको खुलाशा भएको छ ।
शुक्रबार बेलुका नगरकोट स्थित ‘द फोर्र्ट रिसोर्ट’मा श्रीमती सिता दाहाल, बुहारी बिना मगर, छोरी गंगा दाहाल सहित पुगेका प्रचण्ड परिवारले उक्त रिसोर्टमा एक रात विताएको थियो ।
रिसोर्टबाट अध्यक्ष प्रचण्ड शनिबार बिहान ९ बजेर ५५ मिनेटमा ललितपुर स्थित उनको निवासमा फर्किएका थिए । फकिएपछि शर्मासँग ‘वान टु वान’ वार्ता भएको उच्च स्रोतले जानकारी दियो ।
उनीहरुबीच मन्त्रीमण्डल ‘हेरफेर’को विषयमा छलफल भएको बताइएको छ । यसअघि अध्यक्ष प्रचण्डसँग रुष्ट रहेका शर्माको एक्कासी प्रचण्डसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नगरकोट स्थित द फोर्ट रिसोर्टका प्रतिनिधि विकास राईले प्रचण्ड परिवारसहित रिसोर्टमा आएको स्विकार गरे । ‘उहाँ आउनु भएको हो । को–को आउनु भएको थियो त्यो त थाहा भएन,’ उनले भने,‘उहाँ एक रात बसेर जानु भएको हो ।’