काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आफ्नै निणैयका कारण सर्वत्र आलोचित बन्दै गएको छ । सरकार र मन्त्रिपरिषदले गर्ने एक पछि अर्को मन्त्रिपरिषदको निर्णयले जनतामा आशा होइन निराशा र आशंका बढाएको छ ।
खेल क्षेत्रमा लामो त्याग र पसिना बगाएका सयौँ उर्जाशिल व्यक्तिहरु हुँदा हुँदै एक विवादित पात्रलाई राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बनाउने अन्तिम तयारी रहेको पाइएपछि खेल क्षेत्रबाट ओली सरकारको आलोचना बढ्ने संकेत देखिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा विवादित पात्र रमेश सिलवाललाई नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । राजधानीको बानेश्वरमा रहेको गोल्डन गेट कलेजका मालिक सिलवाल ओलीका निकट पात्र मानिन्छन् । उनै सिलवालको स्वामित्व रहेको गोल्डेन गेट कलेजमा एमबिबिएस परिक्षाको प्रश्न पत्र आउट भएको थियो । सिलवालकै निर्देशनमा २०७१ साल मंसिरमा सञ्चालित छात्रवृत्ति कोटाको एमबिबिएस परिक्षामा प्रश्नपत्र किनबेच भएको थियो । सोही आरोपमा अख्तियारले देवीप्रसाद पाण्डे र खेचरनाथ सापकोटालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने दुवै जना गोल्डेन गेट कलेजका अध्यापक हुन् ।
उनीहरुले प्रतिव्यक्ति १० लाख रुपैयाँ लिएर प्रश्नपत्र बेचेका थिए । गत ९ असारमा निवर्तमान सदस्य सचिव केशव कुमार बिष्टको ४ वर्षे कार्यकाल सकिएपछि राखेप सदष्य सचिव बिहिन अवस्थामा रहेको थियो । सिलवाल यसअघि त्रिविको भिसी बन्ने दौडमा दिए तर उक्त दौडमा पराजित भएपछि यतिबेला फेरी उनी खेलकुद परिषदको सदस्य सचिव बन्ने अन्तिम तयारीमा पुगेका छन् । स्रोतका अनुसार सिलवालले खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई आर्थिक प्रलोभनमा समेत पारेका छन् ।