काठमाडौँ, असार २३ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राजधानीमा राँके जुलुस प्रदर्शन गरेको छ । राजधानीको सिंहदरबारस्थित पुर्वी गेटबाट नेविसंघका कार्यकर्ताहरुले राँके जुलुुुस प्रदर्शन गरेका हुन् ।
सरकारले भारत र तेस्रो मुलुकबाट तरकारी तथा कृषीजन्य उत्पादनहरुमा विषादी परिक्षणलाई रोकेपछि पुन सुचारु गर्नुपर्ने माग सहित नेविसंघ आइतबारदेखि आन्दोलित भएका हुन् ।
सरकारले विषादी परिक्षणमा रोक लगाएर आम नागरिकको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरेको भन्दै नेविसंघले विरोधस्वरुप आन्दोलन गरेको हो ।
महानगरिय प्रहरी विट सिंहदरबारका अनुसार केही संख्यामा आएका कार्यकर्ताहरुले सडकमा राँके जुलुस निकालेका थिए । सानो समुह भएको कारण राँके जुलुसलाई केहीबेरमै तितरबितर पारिएकोे बताइको छ । राँके जुलुसमा संलग्न ९ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ । राँके जुलुसमा ‘नेविसंघ जिन्दाबाद’ र ‘केपी ओली बौलाहा हुन’ भन्ने नारा प्रयोग गरिएको छ ।
नेविसंघले असार २२ गते विज्ञप्ति जारी गर्दै सरकारविरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
२३ गते देशैभरका आंगिक क्याम्पस अगाडी विषाक्त तरकारी प्रदर्शन गर्ने, २४ गते ७७ वटै जिल्लाहरुबाट प्रधानमन्त्रीलाई विषाक्त तरकारी उपहारस्वरुप पठाउने, २५ गते विषाक्त तरकारीको वहिष्कारको प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस गर्दै २७ गते माइतीघरमा विशाल सभा गर्ने नेविसंघले घोषणा गरेकोे थियो ।