काठमाडौँ, असार २४ । अर्वपतिउद्योगीविनोद चौधरीको विरुद्धमा समाचार लेखेकै भरमा पत्रकारलाई जरिवाना फैसला गरिएको छ । गतअसार १७ गते जिल्ला अदालत ललितपुरले विनोद चौधरीको विरुद्धमा समाचार लेख्ने आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल, चाहना पब्लिकेशन प्रालि का संचालक रामप्रसाद पुडासैनी र संवाददाता रोशन कार्कीलाई जनही २०/२० हजार जरिवाना तिराउने गरेको हो ।
जिल्ला अदालत ललितपुरका न्यायधीश धन सिंह महराको इजलासले समाचार लेखेकै भरमा पत्रकारलाई जरिवानाका फैसला सुनाएको हुन् । विनोद चौधरीको विरुद्धमा तथ्यहिन, कपोकल्पित र विना प्रमाण समाचार संप्रेषण गरिएको भन्दै न्यायधीश महराले जरिवाना सजाय सुनाएको पाइएको छ । आर्थिक दैनिकले चौधरीको गलतधन्दाको पर्दाफास गर्दै आएको थियो । स्रोतका अनुसार न्यायाधीश महराले कार्यालय समय सकिएपछि कोही नभएको मौका छोपी फैसला गरेका थिए ।
आर्थिक राष्ट्रिय दैनिकमा‘चौधरी विरुद्ध सरकारले पनि असुलीगर्न सकेन चौधरी ग्रुपसंग करछलीको रकम’, ‘चौधरी समुह आर्थिक अपराधमा संलग्न’, ‘आयल निगमको १२ विगाहा जग्गाआफ्नो नाममा गर्न चौधरीको दवाब’, ‘सरकारी कर्मचारी लाई प्रभावमा पारि सीजि पार्कको नाममा जग्गा अतिक्रमण’ शीर्षकमा प्रमाणसहितका समाचारहरु संप्रेषण भएका थिए । विनोद चौधरीले पहुँचकै भरमा प्रमाण सहितका समाचार सम्प्रेषण गरिएको भएतापनि भ्रमपुर्ण बनाइ जरिवाना तिराइएको दावि छ ।
यता आर्थिक दैनिकका प्रधानसम्पादक प्रल्हाद रिजालले आफूलाई पत्रकार सुवास योन्जनले फोन गरेपछि मात्रै थाहापाएको प्रतिक्रिया दिए । ‘मैले २ जनाबाट भर्खर थाहा पाएको छु । सुवास योन्जनले फोन गर्नु भयो । अनि विवादास्पद ग्रीनसिटि अस्पतालका मालिक एलबीटन्डनले जानकारी दिनु भयो,’ रिजालले भने ।