
रीता बुढाथोकी
काठमाडौँ । लोक सेवा आयोगबाट जारी भएको बिज्ञापन रद्ध हुनु पर्ने माग सहित दलित, मधेशी, मुस्लिम, जनजाती तथा अल्पसंख्यकहरु निरन्तर आन्दोलतरत छन् । लोकसेवा आयोगले संविधानको मर्म बिपरित समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेपछि माइतिघर मण्डलामा बृहद जनप्रदर्शन गरेका हुन् ।

लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको दरखास्त आव्हान संविधान विपरित रहेको उनीहरुको भनाई छ । सवोच्च अदालतले समेत लोकसेवा आयोगको असंबैधानिक कदमलाई निरन्तरता दिएको भन्दै उनीहरुले सर्वोच्च अदालतको समेत बिरोध गरे ।

सभालाई संबोधन गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मिन बिश्वकर्माले नेपालमा लामो समयदेखि एकल जाति, भाषा, क्षेत्र र वर्गका मानिसहरुले राज्यसत्ता कब्जा गरेर बसेको र सरकारले त्यसकै निरन्तरता दिनका लागि लोकसेवा आयोगलाई प्रयोग गरेको आरोप लगाए । नेपालका सबै जाती र समुदायलाई संबोधन गर्नका लागि र समाजिक न्याय स्थापना गर्नका लागि आफुहरुले संबिधान बनाएको उल्लेख गर्दै उनले सरकारले घुमाउरो पारामा पिछडिएका जाती र समुदायलाई पाखा लगाउनले हर्कत गरेको बताए ।

नेता बिश्वकर्माले भने, ‘लोकसेवा आयोगले दलित, मधेसी, जनजाती, मुस्लिम, महिला तथा अल्पसंख्यकलाई बिस्थापित गरेर तेस्रो जन आन्दोलनका लागि उक्साईरहेको छ ।’ उनले अल्पसंख्यक समुदायलाई पछाडि पार्ने कार्य भयो भने नेपालमा फेरि अर्को बिद्रोह निम्तिने खतरा रहेको भन्दै शान्ति, समानता, न्याय र समृद्धिका पक्षमा रहेका समुदायलाई पाखा लगाउने काम भयो भने सबै मिलेर यो सरकारको लाइसेन्स खोस्ने चेतावनी दिए । उनले भने, ‘सरकार संबिधानको बिरोधी हुन्छ भने सरकारको छिट्टै अन्त्य हुनेछ ।’ सरकार भ्रष्टचारमा लिप्त भएको उनले आरोप लगाए ।

कार्यक्रममा जनजाती, मधेशी, महिला, मुस्लिम आदी सबै अल्पसंख्यक समुदायका प्रतिनिधीहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए , उनीहरुले सर्वोच्च र लोकसेवा आयोगको असंबैधानिक कदम नसच्चिए सम्म आन्दोलन जारी राख्ने बताए ।
अन्य तस्वीरहरु












