साउथ वेस्टर्न स्टेट कलेजको विज्ञापनमा उपराष्ट्रपति नन्द बहादुर पुनको तस्विर !

दियो पोस्ट  

काठमाडौँ, साउन १ । एसइईको नतिजा आएपछि विद्यार्थी तान्नकै लागि कलेजहरुले विभिन्न उपाय लगाउने गर्छन् । चर्को विज्ञापनमार्फत बाहिर रवाफ देखाउँदै बजारमा लोकप्रिय बन्न खोज्नु अहिले सामान्य नै भइसकेको छ ।

अझ काठमाडौँ उपत्यकाभित्रको विद्यालयहरुले आफुलाई राम्रो र योग्य देखाउनकै लागि हदैसम्मको तिकडम अपनाउँछन् । राजधानीभित्र उच्च प्रतिस्पर्धा भएकै कारण आफ्नो विद्यालयलाई उत्कृष्ठ देखाउनका लागि संचालकहरु शैक्षिक वर्ष शूरु हुनपुर्वको एकदुई महिना मरिहत्ते गरेर खटिन्छन । यो बिचमा विद्यालय भित्रको अध्यापन भन्दा पनि बाहिरी देखावटीमा सझाउन खोज्न विद्यालय संचालकहरु ।
ठूला र शक्तिशाली व्यक्तिको फोटो आफ्नो कलेजको होर्डिङ बोर्ड र ब्रोसरमा राखेर प्रचार गर्न पाइँदैन । तर, यस्ता कलेजहरुलाई न नियम लाग्छ न आचारसंहिता ।

राजधानीको सामाखुसीमा रहेको साउथवेस्टर्न स्टेट कलेजले उपराष्ट्रपतिकै फोटोेको दुरुपयोग गर्दै विद्यार्थीहरुलाई आकर्षण गरेको पाइएको छ । शैक्षिक सत्रको शुरुवात हुनुपुर्व विद्यालयले प्रकाशित गर्ने पुस्तीकाको अगाडी उपराष्ट्रपति नन्दबहादुुर पुनबाट सम्मान लिएको फोटो राखेर विद्यालयको विज्ञापन गरेको भेटिएको हो ।

विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि प्रकाशित गरिएको सो पुस्तिका ( प्रोस्पेक्टस)मा पढाइसम्वन्धी भन्दा पनि भौतिक आकर्षकलाई बढी ग्राह्यता दिइएको छ । न्युज लेटरको नाममा छापिएको उक्त ब्रोसरमा उपराष्ट्रपति पुनको फोटो पहिलो पृष्ठमै छापिएको छ । अलिशान भवन, भवन भित्र रहेको आन्तरिक आकर्षकहरुलाई पुस्तिकामा उतारेर विद्यार्थीहरुको ध्यान केन्द्रित गर्न खोजिएको छ ।


पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालका नेता समेत रहेका डा. राजेन्द्र केसीद्वारा सञ्चालित उक्त कलेजले उपराष्ट्रपति पुनको तस्विर भएको न्युज लेटर ‘ब्रोसर’ नयाँ विद्यार्थीलाई भिराउने गरेको छ ।
यस विषयमा कलेजका प्रतिनिधिलाई सम्पर्क गर्दा उनले आफूलाई थाहा नभएको बताए ।