काठमाडौं, १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख दिपकुमार बस्नेतमाथि सम्पत्ती शुद्धीकरण अन्तर्गत छानविन शूरु भएको छ । लामोसमय देखि कर्मचारीतन्त्रमा हालीमुहाली चलाउँदै आएका पुर्व आयुक्त बस्नेतले अकुत सम्पत्ती आर्जन गरेको भन्दै सम्पत्ती शुद्धीकरण विभागले छानविन गर्न लागेको हो ।
पूर्वप्रमुख बस्न्यातलाई बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा पनि केही दिन अघिमात्र अख्तियारले बयानको लागि बोलाएको थियो । बालुवाटारको सरकारी जग्गालाई अनेक उपाय लगाएर व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा उनको पनि हात हुनसक्ने भन्दै अख्तियारले बयान लिइसकेको छ ।
ललितानिवासको १ सय १३ रोपनी सरकारी जग्गा प्रकरणमा नेकपाकै महासचिव विष्णु पौडेलदेखि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङसहित अख्तियारका पुर्व प्रमुख दिप बस्नेतसमेत मुछिएका हुन् ।
अकौतर्फ, लामो समय अकुत सम्पत्ती आर्जन गर्दै कर्मचारीतन्त्रमा हालिमुहाली चलाएका ललिता निवासको जग्गा वितरण प्रकरणमा अख्तियार धाउादै गरेका, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो हुँदै सरकारी वकिलमार्फत मुद्दा चल्ने गरी मन्त्रीपरिषदसमक्ष जाने अन्तिम प्रतिवेदनको पर्खाइमा रहेका अख्तियारका पुर्व प्रमुख दीपकुमार बस्नेतमाथि आइतबारदेखि सम्पत्ती शुद्धिकरणअन्तर्गत समेत छानविन प्रारम्भ भएको छ ।