आरक्षणको पक्षमा जनसागर , प्रधानमन्त्री र लालबाबु पण्डितको पुत्ला दहन (फोटोफिचर)

दियोपोस्ट संवाददाता


काठमाडौँ, साउन ३ । लोक सेवा आयोगबाट जारी भएको बिज्ञापन रद्ध हुनु पर्ने माग सहित दलित, मधेशी, मुस्लिम, जनजाती तथा अल्पसंख्यकहरु निरन्तर आन्दोलतरत छन् । लोकसेवा आयोगले संविधानको मर्म बिपरित समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले शुक्रबार प्रधानमन्त्री के.पी. शर्मा ओली र सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको पुत्ला दहन गरेका छन् ।


लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको दरखास्त आव्हान संविधान विपरित रहेको भन्दै उनीहरुले प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीको पुत्ला दहन गरेका हुन् । राजधानीको भृकुटी मण्डपबाट र्याली आयोजना गरि इन्द्रचोकमा पुगेर पुत्ला दहन गरिएको थियो ।

सर्वोच्च अदालतले समेत लोकसेवा आयोगको असंबैधानिक कदमलाई निरन्तरता दिएको भन्दै उनीहरुले सर्वोच्च अदालतको समेत बिरोध गरेका छन् ।


संविधान विपरित लोक सेवाले विज्ञापन गरेपछि आरक्षण बचाऔैँ अभियानको नेतृत्वमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । यसबाट लोकसेवाले जारि गरेको विज्ञापन पनि स्थगित गर्नको लागि लोक सेवा र सरकारमाथि दवाब बढेको छ ।

फोटोफिचर

सम्बन्धित खबर