राज्यलाई ४० करोडभन्दा बढी नबुझाउने एयर एशियाका एजेन्ट हरिमान लामा फरार !

दियोपोस्ट संवाददाता

काठमाडौं, १३ चैत्र । मलेशियाको विमान सेवा प्रदायक कम्पनि एयर एशियाका नेपाली एजेन्ट विगत ३ महिनादेखि सम्पर्क विहिन भएका छन् ।


त्रिभूवन विमानस्थल र आन्तरिक राजश्व कार्यालयलाई बुझाउनुपर्ने ४० करोडभन्दा बढी रकम नतिरेपछि एयर एशियाका नेपाली एजेन्ट हरिमान लामा ‘फरार’ छन् ।


त्रिभुवन विमानस्थल प्रयोग गरेबापत बुझाउनुपर्ने २८ करोड रुपैयाँ सहित कर समेत गर्दा ४० करोडभन्दा बढी रकम उनले राज्यलाई बुझाउनुपर्नेछ । राज्यलाई बुझाउनुपर्ने रकम नबुझाउँदै एयर एशिया गत असोज २७ गते नै नेपाल छोडेर भागीसकेको छ ।
नागरिक उडयन प्राधिकरणले ग्राउन्ड ह्यान्डेलिङ र रोयल्टी रकम माग

गरेपछि एयर एशिया नेपालबाट भागेको थियो तर, यता नेपाली एजेन्टले भने एयर एशियाको कार्यालयबाट रकम बुझेर राज्यलाई नबुझाई झुलाउँदै आएको थियो ।


एयर एशियाको जिएसए हरिमान लामा र गणेशमान लामाको स्वामित्व रहेको इन्सेन्टिभ ट्राभल्सले लिएको थियो । मुख्य नाइके हरिमान लामा विगत ३ महिनादेखि सम्पर्क विहिन छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले समेत खोजी रहेको छ ।

जनरल सेल्स एजेन्ट (जीएसए) लिने इन्सेन्टिभ ग्रुप अफ कम्पनीका अध्यक्ष लामा र उनका भाई गणेश लामा तथा गणेशकी पत्नि सावित्रि श्रेष्ठले सेटिङमै एयर एशियाबाट विमानस्थललाई बुझाउनुपर्ने रकम कुम्ल्याएको बताईन्छ ।

विमानस्थलले पैसा बुझाउन पटक पटक ताकेता गरेपछि उनले नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक सन्जिव गौतम र विमानस्थल प्रमुख राजकुमार क्षेत्रीसँगको मिलेमतोमा एयर एशियालाई भगाएका थिए । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैँटेको समेत लगानी रहेको इन्सेन्टिभ ट्राभल्समा माओवादी युद्धकालमा मारिएका ओखलढुङ्गाकी उज्जन कुमार श्रेष्ठकी दिदि सावित्री श्रेष्ठको समेत लगानी छ । श्रेष्ठले आफ्ना पति तथा हरिमान लामाका भाई गणेश लामालाई अघि सार्ने गरेकी छिन् ।

विशेष स्रोतका अनुसार हरिमान लामा र गणेश लामाले एयर एशियाबाट बुझेको रकम राजधानी काठमाडौं, भक्तपुर लगायतका स्थानमा जग्गामा लगानी थिए ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयबाट १० वटा चेक गायब पारिएको थियो ।

मलेसियाको अन्तर्रा्ष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक एजेन्ट हरिमान लामाकै स्वामित्व रहेको इन्सेन्टिभ्स टुर्स प्रालिले बुझाएको भनिएको ७ करोड १४ लाख रुपैयाँको चेक गायव पारिएको थियो । स्रोतका अनुसार त्यतिबेला विमानस्थल कर्मचारी र हरिमान लामाको मिलेमतो थियो ।

उक्त रकम एयर एसियाले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत कार्यालयलाई बुझाएको सेवाशुल्क रकम थियो । तर, चेक बैंकमा नपुगी कार्यालयबाटै गायब पारिएको थियो ।

सम्बन्धित खबर