संयोग : १५ गते बुधबार हेलिकोप्टर दुर्घटना, रविन्द्रको मृत्यु , १५ बुधबार भट्टराई पर्यटन मन्त्री !

दियो पोस्ट  

काठमाडौं, १५ साउन । आज साउन १५ गते । आजभन्दा ६ महिनाअघि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाका कारण ज्यान गयो ।


उनी दुर्घटनामा परेको दिन आजकै बार थियो र ५ महिनाअघि आजकै गते पनि थियो । अर्थात २०७५ फागुन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनापछि आजकै दिन पर्यटन मन्त्रीमा प्रतिभाशाली युवा नेता योगेश भट्राईलाई नियुक्त गरेका छन् ।


दुर्घटना भएको जिल्लाबाटै प्रतिनिधि सभामा निर्वाचित भएका भट्टराई नेकपा भित्र आलोचक नेताको रुपमा चिनिन्छन् ।

प्रधानमन्त्री ओलीले ताप्लेजुङमा चुनावी सभामा भाषण गर्ने क्रममा ‘तपाईं जिताएर पठाउनुस् म मन्त्री बनाएर पठाउँछु’ भनेका थिए । उक्त भाषण गरेपनि सरकार गठनका क्रममा भट्टराई अटाएनन् ।

तर, फागुन १५ मा हेलिकोप्टर दुर्घटना भएको ६ महिनापछि भने भट्टराईलाई मन्त्री बनाएर उनले आफ्नो बचन पुरा गरेको सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ ।