२ लाख ४१ हजार घुससहित दैलेखबाट इन्जिनियर पक्राउ !

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ४१ हजार घुस रकमसहित चार जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा खानेपानी, सिचाइ तथा उर्जा विकास कार्यालय दैलेखका प्रमुख टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियारले पक्राउ गरेको हो ।

दैलेखको भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने उनीसहित सव–इन्जिनियर विरेन्द्र चन्द, सब–इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे पक्राउ परेका हुन् ।


उनीहरुको साथबाट २ लाख ४१ हजार १६ रुपैयाँ घुस रकम बरामद गरेको छ ।

सम्बन्धित खबर

सिफारिस