कोभिड महामारीबीच विद्यार्थी स्कुल पठाउन अभिभावकलाई न्युटन वेभ स्कुलको उर्दी !

दियो पोस्ट  

काठमाडौं, २३ असार । राजधानीका कतिपय नीजि विद्यालयहरुले सरकारले घोषणा गरेको लकडाउन उलंघन गर्दै खुलमखुल्ला विद्यालय आउन विद्यार्थीलाई उर्दी गर्न थालेका छन् ।


ललितपुरको कुसुन्तीमा रहेको न्युटन वेभ एकेडेमीले पनि अभिभावकलाई विद्यार्थी स्कुल पठाउन दबाव दिएको खुलेको छ ।

उक्त विद्यालयले अभिभावकहरुलाई आफ्ना बच्चालाई विद्यालय पठाउन उर्दी गरेको एक अभिभावकले दियोपोष्टलाई बताए ।


केही अभिभावकले कोरोना महामारीको बीचमा विद्यार्थीलाई स्कुल पठाउँदा संक्रमण फैलन सक्ने भन्दै विभिन्न निकायमा गुहार मागेका छन् ।

एक अभिभावकले न्युटन वेभ एकेडेमीले आफ्ने बच्चा स्कुल पठाउन पत्राचार गरेको भन्दै अभिावक संघका अध्यक्ष केशव पुरीलाई भनेका थिए ।

ती अभिभावकको गुनासोपछि विद्यालयमा पुरीले सम्पर्क गरी स्कुल सञ्चालन नगर्न र सरकारले दिएको निर्देशन पालना गर्न सुझाव दिएका थिए ।


स्कुल सञ्चालनका विषयमा सोधपुछ गर्न उक्त विद्यालयको नम्बरमा फोन गर्दा फोन उठेन ।