सिन्धुपाल्चोकमा भिषण बाढी : १९ जना बेपत्ता, २ जनाको शव भेटियो !

दियोपोस्ट संवाददाता

दियोपोष्ट संवाददाता
सिन्धुपाल्चोक, २५ असार । गए रातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएको छ।

उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन ।

बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए।

’खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन’, उनले भने।

निरन्तर पानी परिरहेकाले पहिरो आएको हो। भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन्। सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेका छन् ।
प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल शरदका अनुसार जम्बुमा ठाडो खोलाको बाढीका कारण १९ जना बेपत्ता भएका छन् । घाइतेको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरिसकेको छ । बाढीले जम्बु निवासी २० वर्षिय निकेश बस्नेत र उनको ३ वर्षिय छोरीको शव फेला पारेको स्थानियले बताएका छन् ।

सम्बन्धित खबर

सिफारिस