कोरोना संक्रमित ह्वात्तै घट्यो : २४ घण्टामा १०८ जना मात्रै संक्रमित थपिए, ७ हजार जना ठीक भए !

दियोपोस्ट संवाददाता

काठमाडौं, २५ असार । पछिल्लो २४ घण्टामा नेपालमा कुल १ सय आठ जनामा मात्रै कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमित दर उल्लेख्य रुपमा घट्दो छ ।

योसँगै नेपालमा कुल १६ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने ७ हजार २ सय ९ जना उपचार पछि कोरोना ठीक भएर घर फर्किएका छन् ।

सम्बन्धित खबर

सिफारिस