
काठमाडौँ, साउन ६ । सरकारले मंगलबार रातिदेखि कायम हुने गरि लकडाउन अन्त्य भएको घोषणा गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको वैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधि मन्त्री युवराज खतिवडाले आज मध्यरातदेखि लकडाउन अन्त्य गरिएको जानकारी गराएका हुन् ।
सरकारले लकडाउन खुलेतापनी कोरोनाको जोखिम हुने किसिमका अन्य क्षेत्रमा भने प्रतिवन्ध कायम गरेको छ । स्कुल तथा कलेज, सिनेमा हल लगायतका क्षेत्रहरु भने अझै पनि खुल्न पाउने छैनन् ।
सरकारले यसअघि उपत्यकामा सार्वजनिक यातायातको साधनहरुलाई पनि खुलाउने निर्णय गरिसकेको छ । त्यस्तै निजि सवारी साधनमा जोर बिजोर प्रणाली लगाइएको थियो । मंगलबार रातिदेखि भने जोर बिजोर प्रणाली पनि हट्नेछ ।
कोरोना भित्रिएपछि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो पटक पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो ।
आगामी भदौ १ गतेदेखि आन्तरिक तथा वाह्य उडान शुरु गर्ने पनि सोमबारको मन्त्रीपरिषद वैठकले निर्णय गरिसकेको छ । यस्तो छ मन्त्रीपरिषदको अन्य निर्णयहरु ।