काठमाडौँ, साउन १२ । सोमबार काठमाडौँ उपत्यकामा ६ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित हुनेहरुमा काठमाडौँका ३ जना र ललितपुरका ३ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरको प्रयोगशालामा ललितपुरका ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । त्यस्तै त्रिभुवन शिक्षण अस्पताल महाराजगंजको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा कोरोना पोजेटिभ पाइएको छ । ललितपुरस्थित स्टार हस्पिटलको प्रयोगशालामा गरिएको परिक्षणमा पनि काठमाडौँका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
डा. गौतमका अनुसार सोमबार सप्तरीका २१, सिराहाका १, धनुषाका १०, महोत्तरीका १०, पर्साका १८, काभ्रेपलाञ्चोकका १, ललितपुरका ३, काठमाडौँका ३, कास्कीका ३, बाँकेका १, रुपन्देहीका १, सुर्खेतका १, दैलेखका २८ र वैतडीका ४ गरि १ सय ३९ जनामा कोरोना संक्रमण पाइएको हो ।
हाल नेपालभर संक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० जना रहेको छ । नेपालभर १६ हजार ३ सय ७१ जना क्वारेन्टिनमा रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।