काठमाडौँ, साउन १३ । मंगलबार बिहान महानगरिय प्रहरी परिसरको टोलीले काठमाडौँको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सुनसँगै २ थान पेस्तोल समेत बरामद गरेको हो ।
सुचनापश्चात शंकास्पद व्यक्तिलाई प्रहरीले पिछा गर्न थालेको थियो । आफु खतरामा परेपछि ती व्यक्ति झोला फालेर फरार भएका थिए । झोलामा भेटिएको पहेँलो धातु सुन हो या होइन भन्ने प्रमाणित भइसकेको छैन ।
प्रहरीले उक्त धातु परिक्षणको लागि पनि पठाइसकेको छ ।
केहीबेर पछि प्रहरीले पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिन लागेको छ ।