काठमाडौँमा एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौँ, साउन १३ । काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसमध्य काठमाडौँमा मात्र ४८ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा काठमाडौँका ४८ ललितपुरका ४ र भक्तपुरका १ जनामा कोरोना पोजेटिभ भेटिएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ११ कोरोना संक्रमित भेटिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।