प्रचण्ड नेतृत्वमा ३१ सदस्यीय बैठक चलिरहँदा ओली समुहका १३ भाईको समानान्तर भेला !

दियोपोस्ट संवाददाता

काठमाडौं, १३ साउन । प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका ३१ जना स्थायी समिति सदस्यको बैठक सकिइसकेको छ ।


बैठकपछि प्रवक्ता नारायणकाजीले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले नीति विपरित बैठक स्थगित गरेको भन्दै बैठकमा ओलीको चर्को आलोचना भयो ।

बहुमत सदस्यको बैठक चलिरहँदा प्रधानमन्त्री ओलीले भने १३ जना स्थायी समितिलाई छुट्टै बैठकमा राखेका छन् ।


शुरुमा प्रचण्डसहितका नेताहरुसँगै बैठकमा बसिरहेका महासचिव विष्णु पौडेल बैठक शुरु हुनेवित्तिकै उठेर प्रधानमन्त्रीले डाकेको समानान्तर भेलामा पुगेका थिए ।

उनकै पछि लागेर अर्का स्थायी समिति सदस्य रघुबीर महासेठ समेत प्रधानमन्त्रीको समानान्तर भेलामा पुगेका थिए ।

सम्बन्धित खबर

सिफारिस