सगुनको गैरकानुनी धन्दा पर्दाफास : लगानी नगर्न धितोपत्र बोर्डको चेतावनी ! (सुचनासहित)

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ असार । सगुन नामक कम्पनिले नेपालमा गैरकानुनी धन्दा चलाउँदै आएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्ष अघि उद्घाटन गरेको उक्त कम्पनिले धितो पत्र बोर्डको स्वीकृती र अनुमति बेगर धन्दा चलाएको पाइएको हो ।


केही समयदेखि विभिन्न सञ्चार माध्यममा सगुन इन्ककर्पोरेशनले नेपाली लगानीकर्तालाई लक्षित गर्दै धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको थियो ।


धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गनुअघि बोर्डमा दर्ता गराउने पर्ने र दफा २९ (१)मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितापत्र विक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको विक्री विरतणको निमित्त र्साजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था छ ।


सगुनले बोर्डको स्वीकृति विनै नेपालमा धितोपत्रको निष्काशन गर्दै आएको पाइएको हो ।
‘बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने कार्य गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनैपनि कम्पनिले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्नुहुन सर्वसाधरण लगानीकर्ताहरुलाई अनुरोध गरिन्छ,’ धितोपत्र बोर्डले भनेको छ,‘प्रचलित कानुन बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्काशनमा लगानीकर्तालाई लक्षीत गरी कुनैपनि व्यक्ति वा संस्थाले संचारका माध्यम मार्फत त्यस्तो सुचना तथा विज्ञापन प्रकाशन तथा संप्रेषण नगर्न÷नगराउन समेत यो सुचना प्रकाशन गरिएको छ ।’

भारतमा एप राखोपछि चार्ज नै गर्नुनपर्ने भन्दै लाखौँ जनतालाई बेवकुफ बनाएको सगुनले अमेरिका लगायत देशबाट अवैध रुपमा हुण्डीको कारोबार गरिरहेको समेत स्रोतको दाबी छ ।


गैरआवाशिय नेपाली गोविन्द गिरी संस्थापक रहेको सगुनले पटक पटक शेयर निष्काशनको नाममा गैरआवाशिय नेपालीहरुलाई ठगी गर्दै आएको छ ।

सम्बन्धित खबर

सिफारिस