घुस र कमिशन लिन खनियाबास २ का वडाध्यक्षले खटाए श्रीमती, डिल गर्दै गरेको अडियो फेला !

दियो पोस्ट  

काठमाडौं, १४ साउन । विभिन्न राजनीतिक आन्दोलन पश्चात जनतालाई अधिकार सम्पन्न बनाउन भन्दै संविधान सभाबाट पारित भएको संविधान पश्चात मुलुक स्थानिय तहको निर्वाचनमा होमियो ।
जनताले आफ्नो शासन आफै गर्न पाउनु पर्छ भन्दै चर्का नारापछि स्थापित भएको स्थानिय तहलाई ‘गाउँगाउँमा सिंहदरबार’ भनियो ।


तर गाउँगाउँमा पुगेको सिंहदरबार भने भ्रष्टाचार दलदलमा फसेको छ । अपवाद बाहेक अधिकांश स्थानिय तह कुनै न कुनै अनियमिततामा मुछिएकै छन् ।

आफ्ना आफन्तको नाममा निर्माण कम्पनी खडा गर्ने र उपभोक्ता समिति मार्फत आफ्नै डोजर तथा स्क्याभेटर मार्फत भुक्तानी बुझ्दै आएका वडाध्यक्ष, गाउँपालिका अध्यक्षहरुबारे विभिन्न समाचार आएकै हुन् ।


तर, धादिङको खनियाँबास गाउँपालिकाका एक वडाअध्यक्षले भने विभिन्न निर्माण आयोजनाबाट कमिशन तथा घुस उठाउन श्रीमतीलाई नै खटाएको पाइएको छ ।

खनियाँबास गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टेक बहादुर तामाङकी श्रीमती कविता तामाङले उपभोक्ता समितिसँग पैसा डिल गरेको अडियो रेकर्ड दियोपोष्टले फेला पारेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष टेक बहादुरकी श्रीमती कविताले उपभोक्ता समितिका पदाधिकारीसँग गरेको टेलिफोन वार्ता अनुसार उनले लाखौं रुपैयाँ कमिशन बापत प्राप्त भएको बताएकी छिन् ।


तामाङ भाषामा गरिएको वार्ता अनुसार कविताले उपभोक्ता समितिसँग लाखौँ रुपैयाँ कमिशन बुझेको पाइएको छ ।

कविताले ३८ लाख लागत रहेको डुन्डुरे कोखिम सडक खण्ड स्तरोन्नती योजना सम्पन्न भएपश्चात उपभोक्ता समितिबाट १ एक लाख रुपैयाँ कमिशन लिएको अडियो रेकर्डमै स्वीकार गरेकी छिन् ।
त्यस्तै वडा नम्बर २ कै १८ लाख लागत रहेको सिङ्ला सडक खण्ड उपभोक्ता समितिबाट पनि एक लाख रुपैयाँ लिएको पाइएको छ ।


वडा कार्यालय भवन निर्माण समितिबाट पनि पहिलो किस्ताबापत ५० हजार घुस लिएको पाइएको छ । कविताले प्रत्येक योजनाबाट कमिशन लिने गरेको अडियोमै स्वीकार गरेकी छिन् ।

अडियो सुन्नुहोस्

प्रस्तुत छ अडियो कुराकानीमा कविताले तामाङ भाषामा गरेको घुसवार्ता अनुवादित विवरण ।

प्रश्नकर्ता : क–कसले कति कति दियो ?
कविता : प्राय जसो
समितिले – १–१ लाख पठायो ।

प्र.क : ३८ लाख को
समिति कति दियो
?
कविता : उसले पनि एक लाख ।

प्र.क : हरिले कति
दियो
?
कविता : ५० हजर
प्रश्नकर्ता : रामले
कति
?
कविता : रामले पनि १
लाख ।

प्रश्नकर्ता : जाती
ले कति
?
कविता : जातीको जम्मा
२ लाख मात्र निस्केको रे

प्रश्नकर्ता : कसले
भनेको जातीको २ लाख भनेर
? मलाई
थाहा छ जम्मा ५ लाख निस्केको छ ।

कविता : त्यसले पनि
दिएको छैन ।

प्रश्नकर्ता : दिएभने
सबैले दिनुपर्छ नत्र म पनि दिन्न ।

कविता : जातीको कर्मचारीले
भनेको २ लाख ७५ हजार निस्केको रे !

प्रश्नकर्ता :
कहाँहुनु मेरै अगाडी ५ लाख निकालेको तर तपाईंले ‘जाती’लाई मैले भनेको भनेर नभन्नु
होला मलाई पिट्न आउलानी ।

कविता : त्यसको त
लिष्ट नै मेरो बुढोसँग छ ।

प्रश्नकर्ता : होइन २
हुनु पर्ने अब फेरि..मेरै अगाडी निकालेको ५ लाख ।

कविता : त्यसोभए
उसलाई नि माग्नु पर्ला सबैले दियो भने ठिक छ नत्र जस–जसले दिदैन उसलाई ठिक गर्छु ।

प्रश्नकर्ता : अहिले
त्यहाँ को–को छ
? मद्राको
भाई कमलले कति दियो

?
कविता : मद्राको भाई
र राम त एउटै समिति हो
?
लाख नै हो ।

प्रश्नकर्ता : उनीहरुको
त डोजरको काम पनि हो नाफा राम्रै भयोहोला ।

कविता :– भयो रे ३
लाख त कर्मचारीलाई दियो रे कर्मचारीलाई किन धेरै लिएको भनेर भनेको छु । पैसा नदिने
सबैको बेरुजु निकाल्ने भनेको छ ।

प्रश्नकर्ता : तेसो
भए म मर्कुस र जाती लाई नी भन्छु । रामसिंह (वडा सदस्य)ले पनि पैसा मागिरहेको थियो
?
कविता : अर्काले भनेछ
नि चौधरीले ६५ हजार छुट्याको छ रे भनेर ।

प्रश्नकर्ता : मलाई त
नाफा छैन कसरी दिनु ।

कविता : तिमी नि
फाटाहा हो कि

? झुटो नबोल्नु । लो–लो
जति दिए नि दिनु । मोइचा
, मर्कुस
र तिमी एमाले ३ जानाले मात्रा दिएको छैन ।

वडाध्यक्ष तामाङ भन्छन्,‘मैले श्रीमतीलाई कराइरहेको छु’

यस विषयमा वडाध्यक्षटेक बहादुर तामाङलाई सम्पर्क गर्दा आफूले श्रीमतीलाई यस विषयमा हप्कीदप्की गरेको
बताए । ‘मैले श्रीमतीलाई कराइरहेको छु । यो विषयमा छानबीन होस् भन्ने पक्षमा छु,’उनले भने ।