काठमाडौँ उपत्यकामा एकैदिन ४५ जना कोरोना संक्रमित भेटिए

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १५ । काठमाडौँ उपत्यकामा बिहीबार एकैदिन ४५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा ४१ जना, भक्तपुर र ललितपुरमा २÷२ जना गरि उपत्यकामा कुल ४५ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ । निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ।

सम्बन्धित खबर

सिफारिस