काठमाडौं, ३० असार । भूमिगत संघर्षपछि शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले प्रचण्ड परिवारलाई भेटेको भावुक तस्विस सार्वजनिक भएको छ । विप्लवले प्रचण्ड पत्नि सिता दाहालको हात समाएको तस्विर सार्वजनिक भएको हो । प्रचण्डकी स्वकिय सचिव तथा छोरी गंगा दाहालले ‘पुनर्मिलनको एउटा तस्विर’ भन्दै विप्लव र प्रचण्ड पत्नि सिता दाहालको फोटो सार्वजनिक गरेकी छिन् ।
प्रचण्ड निवास खुमलटार पुगेका विप्लव सँगै नेता धर्मेन्द्र वास्तोला पनि थिए ।
विप्लवले प्रचण्ड समक्ष कारागरमा रहेका आफ्ना कार्यकता रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
चन्द नेतृत्वको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकारबीच गत वर्ष तीन बुँदे सम्झौता भएको थियो । तर, सम्झौता पालनामा सरकार ईमान्दार नभएको नेकपाले बताउँदै आएको छ ।