काठमाडौं, ११ साउन । गैरआवाशिय नेपाली संघ बेल्जियममा नेपालीहरुबीच कुटाकुट भएको छ । एनआरएन बेल्जियमको २ वर्षे कार्याकालको लागि भइरहेको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनका क्रममा कुटाकुट हो ।
एनआरएन बेल्जियमको एन्टवेरपेन मतदान केन्द्रमा दुवै पक्षबीच झडप भएको हो । प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष बोधराज पौड्यालका अनुसार पाँच संगठनका अध्यक्षका प्रत्यासी चेत प्रसाद भट्टका समर्तकहरुले गुण्डागर्दी शैलीमा आक्रमण गरेका थिए । आक्रमणमा परि प्रवासी नेपाली मञ्च बेल्जियमकी नेतृ सारा अर्याल, मुना केसी, कोषाध्यक्षका उम्मेदवार पुष्प नेपाल, एनआरएन बेल्जियमका अध्यक्ष चित्र सुवेदी र तोयान आले घाइते भएका छन् ।
पौड्यालका अनुसार निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने देखेपछि अध्यक्षका प्रत्यासी चेत प्रसाद भट्टका समर्थकहरुले गुण्डागर्दी गरेका थिए ।
झडपमा घाइते भएकी मुना केसीका अनुसार मतपेटिकामा केमिकल खन्याउने प्रयास भएको थियो । उक्त केमिकल केसीमाथि परेको थियो । ‘यतिसम्म गर्न सक्ने रहेछ । आज एनआरएन चुनावमा आफू हार्छु भन्ने सोचेर आफ्नो काम गर्ने कामदार लिएर आएर मत पेटिकामा केमिकल हाल्न खोजियो र त्यो रोक्दा केमिकल ममाथि हालियो,’ केसीले भनिन् ।