ललितपुरमा अमेरीकी प्रतिनिधिकाे रोहवरमा खुलमखुल्ला चीन विरोधी गतिविधि, एसएसपी मौन ! [भिडियाे]

दियो पोस्ट  

काठमाडौं । अमेरिकी योजनामा चिन विरोधी गतिविधिमा समलग्न प्रमुख धार्मिक गुरु दलाई लामा । चिन विरोधी गतिविधि गरेकै कारण भारतमा निर्वासित जिवन विताइरहेका लामाको पक्षमा नेपालमा जो कोहीले केही गतिविधी गरे पक्राउ गरेर मुद्दा समेत लगाइन्छ । किनकी नेपालले एकचीन नितिमा हस्ताक्षर गरेको छ । तर, पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएसँगै नेपालमा चीन विरोधी गतिविधि बढ्दो छ । यसअघि स्वतन्त्र तिब्बत अभियान्तालाई पक्राउ गर्दैै आएको प्रहरीकै आडमा खुलमखुल्ला धर्मगुरु दलाई लामाको ८७औँ जन्मोत्सव धुमधामसँग मनाइएको छ ।

बुधबार जावखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा मनाइएको लामाको जन्मोत्सवको कार्यक्रममा अमेरिकी दूतावासका कन्सुलरदेखि युरोपेली युनियनकी राजदूतसम्म सहभागी भएका थिए । यसअघि नेपालमा यसरी खुलमखुलारूपमा दलाई लामाको जन्मोत्सव मनाउन र तिब्बती शरणार्थीसम्बन्धी कार्यक्रम गर्न रोक लगाइएको थियो । अहिले पनि त्यो प्रतिबन्धात्मक अवस्था यथावत नै रहेको छ ।

त्यसमा पनि अमेरिकी गतिविधि खासगरी तिब्बती शरणार्थीसँग जोडिएर हुनेगरेको छ । यसअघि अमेरिकी सेनाका जर्नेल चाल्र्स ए फ्लिन नेपाल आउँदा पनि बौद्धमा तिब्बती शरणार्थीहरूले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाएका थिए भने त्यसअघि आएकी अमेरिकी उपमन्त्री उज्रा जेयाले खुलेआमरूपमा तिब्बती शरणार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गरेकी थिइन् ।

यसअघि चार जना तिब्बती शरणार्थी सँगै हिँड्दा पनि प्रहरीले पक्राउ गर्ने गर्दथ्यो तर बुधबार जिल्ला प्रहरी परिसर ललितपुरको आँगनकै छेउमा रहेको तिब्बती शरणार्थी क्याम्पमा चीनबाहेकका सारा विदेशी प्रतिनिधिहरू जम्मा भएर दलाई लामाको जन्मोत्सव मनाउँदा ललितपुरका एसएसपी यज्ञ विनोद पोख्रेलले देखेको नदेख्यै गरेर बसेका छन् । तिब्बती क्याम्पमा नाचगानलगायत कार्यक्रम भव्यरूपमा भइरहँदा ललितपुरका प्रहरी केही नभएजस्तो गरी रल्लिएर बाहिरी पहरा दिइरहेका थिए ।

कार्यक्रममा अमेरिकी दूतावासका सहायक राजदूत म्यानुअल पी माइकलर, युरेपेली युनियनकी राजदूत नोन डेप्रेज, जपानी दूतावासका सचिव योसिनो योमिकोलगायतका विदेशी दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो । उनीहरूलाई उक्त शरणार्थी क्याम्पका प्रमुख तासी छेतेनलगायतका तिब्बती शरणार्थीहरूले स्वागत गरेका थिए । उक्त कार्यक्रममा एक हजार जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

भिडियाे