१ सय ५५ किलो सुन तस्करीमा ‘फरार’ अडुकियाको ‘आइपे’ रेमिटमा लगानी : अध्यक्ष सुहृद घिमिरे !

दियोपोस्ट संवाददाता

काठमाडौं । १ सय ५५ किलो सुन तस्करी काण्डमा फरार रहेका भारतीय व्यापारी राकेश अडुकियाले काठमाडौमा रेमिटमा समेत लगानी गरेको खुलेको छ ।

काठमाडौंको नक्सालमा रहेको “आई पे रेमिट” नामक कम्पनिमा अडुकियाले छोरी मार्फत लगानी गरेका हुन् । उक्त कम्पनीमा बालुवाटार जग्गाकाण्डमा समेत मुछिएका व्यापारी सुहृदराज घिमिरे अध्यक्षको रुपमा रहेका छन् । अडुकियाले छोरी र अधिवक्ता सुशिल पन्तले छोरा मार्फत रेमिटमा लगानी गरेका हुन् । अध्यक्ष घिमिरे भने स्वयं कम्पनिमा संलग्न भएका छन् । तस्करी अभियोग लाग्ने वित्तिकै भारतीय भूमि प्रवेश गरेका अडुकिया पछिल्लो समय फेरी नेपाल फर्किएको स्रोतको दाबी छ । उनी नेपालमै लुकिछिपी आफूमाथिको अभियोग गुपचुप मिलाउन सक्रिय छन् ।

सुन तस्करीमा उक्त कम्पनीका अध्यक्ष समेत रहेका घिमिरेको पनि संलग्नता रहेको आरोप छ । यसअघि ३३ किलो सुन तस्करी तथा सानम शाक्य हत्याकाण्डमा प्रहरीले २८ जनाभन्दा बढीलाई पक्राउ गरेको थियो । यो प्रकरणमा सुन तस्करको लगानी रहेका विभिन्न कम्पनिमाथि प्रहरीले मुद्दा लगाएको थियो । जस्तै बाजेको सकुवाका मालिक चेतन भण्डारी मात्रै होइन कान्तिपुर होलिडेज नामक ट्राभल एजेन्सीका मालिक ठाकुर प्रसाद ढुंगाना विरुद्ध समेत पक्राउ पुर्जी जारी भएको थियो । यो प्रकरणको छानबीनमै संलग्न बहालवाला डिआइजी मात्रै होइन प्रहरीका सई समेत छानबीनमा तानिएका थिए । कतिपय पुर्पक्षका लागि जेल चलान समेत भएका थिए । तर, हाल भेटिएको १ सय ५५ किलो सुन काण्डमा सुन तस्करकै लगानी रहेको कम्पनिमाथि छानबीनमा सरकार हच्किएको छ ।

बालुवाटार जग्गा काण्डका नाइके समेत रहेका सुहृद घिमिरेले रेमिट्यान्सको नाममा सुन तस्करीमा मुछिएका अडुकिया मार्फत फाइदा लिइरहेका छन् । उनी एकाएक अर्बौं रुपैयाँको मालिक हुनुमा पर्दापछाडीबाट अडुकियाहरुकै सुनको धन्दा रहेको निकटस्थहरु बताउँछन् ।

उनी अध्यक्ष रहेको रेमिटेन्सले के कस्तो धन्दा गर्दै आएको छ छानबीनको विषय हुनुपर्ने हो । तर आश्चर्य त के भने तत्कालिन गभर्नर युवराज खतिवडाले नै अडुयिकलाई डलरको सुविधा दिएर चाँदी आयातको बाटो खोल्दिएका थिए । उनै गभर्नर खतिवडाको पालामा अर्थात सन् २०११ मा यो रेमिट कम्पनीले लाइसेन्स पाएको रहेछ ।

अडुकियाको तस्करी धन्दामा राष्ट्र बैंकको तत्कालिन गभर्नर युवराज खतिवडा मात्रै नभई हालका गभर्नर महाप्रसाद अधिकारी पनि संरक्षक छन् । हालका संचालक चिन्तामणी सिवाकोटी र भिष्म ढुंगाना पनि उनलाई संरक्षण गर्दै आएका छन् । एमालेसँग निकट सम्बन्ध बनाएर नै अडुकियाले राष्ट्र बैंकसँग सहज पहुँच बनाएका थिए ।

सन् २०१० देखि नेपाललाई आश्रय बनाएर अवैध धन्दा गर्दै आएका अडुकिया केही वर्षअघि न्युरोडमा सुन सहित पक्राउ परेका थिए । त्यस्तै अर्को पटक उनी विरगन्जमा सुनसहित पक्राउ परेको थिए । त्यतिबेला राजेश शर्मा र पन्त जस्ता अधिवक्ताले उनलाई उन्मुक्ति दिलाउन सफल भएका थिए ।

 

सम्बन्धित खबर

सिफारिस