मुख्यमन्त्रीका विज्ञले नै स्विकारे ‘मानव तस्कर’सँगको साँठगाँठ : ‘२ पटक भेट भएको हो’

दियो पोस्ट  

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मानव तस्करीमा मुछिएका रुद्र अधिकारीसँग भेट गरेको पुष्टि भएको छ । मुख्यमन्त्रीका सुचना प्रविधि तथा प्रेस विज्ञ बताउने राजन अधिकारीले मुख्यमन्त्री र अधिकारीबीच दुई पटक सम्म भेट भएको भन्दै विज्ञप्ति नै निकालेका छन् । दियोपोस्टमा प्रकाशित समाचारको खण्डनका गर्दै सार्वजनिक भएको विज्ञप्ति अनुसार मुख्यमन्त्री जमकट्टेल र अधिकारीबीच दुई पटकसम्म विभिन्न योजनाका विषयमा भेट भएको हो ।

कोरिया पठाउँछु भन्दै २ सय भन्दा बढी युवालाई ठगी गरेको अभियोग लागेका अधिकारीसँग विभिन्न योजनाका विषयमा समेत कुराकानी भएको अधिकारीले दाबी गरेका छन् । उनले सार्वजनिक गरेको विज्ञप्तीले दियोपोस्टमा प्रकाशित समाचारलाई पुष्टि गर्न सघाउ पुर्याएको छ । काभ्रे घर भएका अधिकारीले दक्षिणकाली नगरपालिकाका विभिन्न प्रतिनिधिलाई लिएर मुख्यमन्त्री कार्यालयमा पुगेको भन्दै उक्त समयमा बस तथा विभिन्न योजनामा माग भएको उल्लेख गरेर विषयलाई अन्यत्र मोड्ने कोशिस गरेका छन् । उनले अधिकारीले मुख्यमन्त्रीसँग भेट गरेपनि राजदूत बनाउने कुरा र कोरिया कामदार लाने कुरा नगरेको दाबी गरेका छन् । ‘यदि रुद्र अधिकारी वा अरु कसैले मुख्यमन्त्रीज्युको नाम लिएर त्यस्तो गतिविधि गरेको भए तयसको भागिदार स्वयं उ आफै हुने कुराको अवगत गराउँदै कोही ठगिएको भए कानुनी कारबाहीमा जान र कोही पीडित छन् भने सहयोग गर्न मुख्यमन्त्री तथा सचिवाय तयार रहेको स्पष्ट पार्न चाहान्छु,’ उनको दाबी छ,‘निज अधिकारीसँग मुख्यमन्त्री ज्युको कुनै साँठगाँठ नरहेको, संलग्नता नरहेको र संरक्षण नगरेको कुरा स्पष्ट पार्न चाहान्छु । मुख्यमन्त्री कार्यालयमा भेटेर फोटो खिचेकै आधारमा संलग्नता र संरक्षण गरेको कुरा निराधार रहेको छ ।’
उनले मुख्यमन्त्रीको कुनै साँठगाँठ नरहेको बताएपनि उनकै विज्ञप्तिले साँठगाँठ पुष्टि गरेको छ । कुनै विचौलिया वा दलालको मुख्यमन्त्री कार्यालयमा सहज पहुँच हुनु र उनीसँग तस्विर खिचाएर आम मान्छे ठगिनुमा सचिवालयको समेत गम्भिर लापरबाही देखिन्छ ।

प्रेस विज्ञ पदमा रहेका अधिकारीले आफ्नो अहोदा विर्सेर विभिन्न निकायलाई कानुनी कारबाहीका लागि निर्देशन समेत दिएका छन् । ‘मुख्यमन्त्री माननीय शािलकराम जमकट्टेल ज्युसँग भेटेको फोटो देखाउँदै गैरकानुनी कार्य गरेको भएमा मुख्यमन्त्री ज्यु जिम्मेवार नहुने कुरा स्पष्ट गराउँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही गर्न सम्बन्धित निकायहरुलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् । जबकी निकायहरुलाई निर्देशन दिने अधिकार मुख्यमन्त्रीसम्मलाई हुन सक्छ ।

विज्ञप्तिमा उनले समाचारमा उल्लेखित विषयहरुलाई पुष्टि गराएका छन् । विज्ञप्तिको सार अनुसार समाचारमा भनिए जस्तै मानव तस्करीमा मुछिएका रुद्र अधिकारीसँग एक पटक होइन दुई दुई पटक भेट भएको, तस्विर खिचाएको र सोही आधारमा युवाहरु ठगिएको भए कारबाही गर्न भनिएको छ । तर उनले अन्तिममा भने दियोपोस्टमा प्रकाशित समाचार तथ्यहिन भएको भन्दै झूटो आरोप लगाएका छन् ।

तस्विरले भन्छ : विभिन्न स्थानमा पटक पटक भेट
प्रेस विज्ञले उनीहरुबीच दुई पटक भेट भएको दाबी गरेपनि विभिन्न स्थानमा पटक भेट भएको देखिन्छ । दियोपोस्टलाई प्राप्त तस्विर अनुसार विभिन्न लोकेशनमा मुख्यमन्त्री जमकट्टेल र मानव तस्करीमा मुछिएका अधिकारीबीच भेटवार्ता भएका छन् ।

मानव तस्करी प्रकरणमा मुख्यमन्त्री जमकट्टेलका प्रेस विज्ञले निकालेको विज्ञप्तिमा झूटै झूट !

सिफारिस