
अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वती कार्कीको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो ।
फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि भेनिटलेटरमा राखेर उपचार भइरहेको थियो । कर्कीकी दिवंगत आमाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।


